सिरी ‘ए’ लिग उपाधि होड, मिलान पुनः शीर्ष स्थानमा

काठमाडौँ -  सान्ड्रो टोनालीको दुई गोलप्रेरित एसी मिलानले आइतबार राति इटालियन सिरी ‘ए’मा हेलास भेरोनालाई ३–१ ले हराएको छ। जितसँगै मिलान लिगको शीर्ष स्थानमा उक्लिएको छ। 

योसँगै इटालियन सिरी ‘ए’को पनि उपाधि होड रोमाञ्चक बन्दै गएको। लिगमा ६ अंकको खेल बाँकी हुँदा मिलानले सहरी प्रतिद्वन्द्वी इन्टर मिलानलाई दुई अंकले पछाडि पारेको छ। मिलानले ८० अंक जोेडेको छ। इन्टरको ७८ अंक छ। 

मिलानले अब एटलान्टाविरुद्ध घरेलु मैदान र सासउलोविरुद्ध अबे खेल खेल्नेछ। त्यस्तै, इन्टरले अब काग्लिएरीविरुद्ध अबे र साम्पडोरियाविरुद्ध घरेलु मैदानमा खेल्नेछ। त्यसअघि, इन्टरले कोपा इटालियाको उपाधिका लागि मे १२ मा युभेन्टससँग प्रतिस्पर्धा गर्नेछ। 

गए राति हेलास भेरोनाले ३८औँ मिनेटमा मार्को डेभिड फारौनीको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा मिलानका टोनालीले बराबरी गोल फर्काएका थिए। टोनालीले ५०औँ मिनेटमा अर्को गोल गर्दै मिलानलाई अग्रता दिलाए हुन्। ८६औँ मिनेटमा एलेसान्ड्रो फ्लोरेन्जीले गोल गरेपछि मिलानले महत्त्वपूर्ण तीन अंक पक्का गरेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×