काठमाडौँ - भारत र इंग्ल्याण्डबिचको एक दिवशीय सिरिजको पहिलो खेल भारतले १० विकेटले जितेको थियो। उक्त खेलमा भारतीय कप्तानले प्रहार गरेको छक्काबाट एक बालिका घाइते भएकी छिन्।
पछि रोहितले सो घटनाका लागि दुःख व्यक्त गरेका छन्। बालिकालाई चोट लागेपछि इंग्ल्याण्डको मेडिकल टिमलाई उनी भएको स्थानमा गई उपचार गरेको थियो।
घटना भारतीय पारीको पाचौं ओभरमा भएको थियो। रोहित क्रिजमा थिए, इंग्ल्याण्डका लागि बलिङमा थिए डेविड विलि। ओभरको पहिलो र दोस्रो बलमा कुनै रन बनेको थिएन्। तेस्रो बल विलिले सर्ट पिच फाले। त्यो बललाई रोहितले स्क्वायर लेग बाउन्ड्री हाने। त्यो बल गएर स्टेडियको दर्शकदिर्घामा बसेकी ती बालिकालाई लागेको हो। बलले लागेको चोट साधारण रहेको बताइएको छ। रोहितले बालिकालाई चोट लागेकोमा दुःख व्यक्त गरेका छन्।
बालिकाको स्वास्थ्य राम्रो भएकाले पुनः खेल सुरु भएको थियो। उक्त खेलमा रोहितले ५८ बलमा ७६ रन बनाएका थिए। उनले ७ चौका र ५ छक्का प्रहार गरेका थिए। यो रोहितको वानडेमा ४५ औं अर्धशतक रहेको छ।