दर्शक तथा स्रोताले मन पराए डिजराजको ‘दुई एकान दुई’ (भिडियो)

काठमाडौँ - लोकप्रिय गायक डिजराज पौडेल लामो समयपछि एउटा नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन्।

गायक पौडेलले गायिका विष्णु माया पौडेलसंग गाएको यूगल गीत ‘दुई एकान दुई’ सार्वजनिक भएको छोटो समयमै दर्शक तथा स्रोताको मन जित्न सफल भएको छ। गीत सार्वजनिक भएको छोटो समयमै यसका टिकटक बन्न थालेका छन्।

पाँच दिनअघि ओएसआर डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतको भिडियोले हालसम्म २ लाख ३५ हजार बढी भ्युज पाइसकेको छ।

गायक डिजराज पौडेलकै शब्द तथा संगीत निर्देशनको यो गीतको भिडियोमा पूर्व राज्यमन्त्री समाजसेवी भद्रकुमारी घले, अञ्जली अधिकारी, सुधिर श्रेष्ठ, लोमस शर्मा, विष्णुमाया पौडेल, घनश्याम, आशिका बस्नेत, सम्पदा उप्रेती, बियोन खतिवडा आदिले अभिनय छ।

कपिल कार्कीद्वारा निर्देशित यो गीतको भिडियोमा अर्जुन सिलवालको कोरियोग्राफी रहेको छ। बालकुमार मगरले यो गीतको भिडियो छायांकन तथा सम्पादन गरेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×