डिसी युनाइटेडको पाेस्टमा बायर्नको आधा दर्जन गोल

काठमाडौँ - जर्मन क्बल बायर्न म्युनिखले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा घरेलु टोली डिसी युनाइटेडमाथि ६-२ को शानदार जित निकालेको छ।

अमेरिकाको वासिङ्टनमा आज बिहान भएको खेलमा बायर्नलाई जित दिलाउन सादियो माने, मार्सेल सवित्जर, सर्ज जिनाब्री, म्याथिज डि लिग्ट, जोसुवा जिर्कजी र थोमस मुलरले १/१ गोल गरेका थिए।

डिसी युनाइटेड स्केज सिमोनसेन र थियोडोर कुडिपिट्रोले १/१ गोल फर्काए। औडी फिल्डमा खेलको पाँचौँ मिनेटमा मानेको पेनाल्टी गोलबाट बायर्नले अग्रता लिएको थियो।

१२ औं मिनेटमा सवित्जरले पाहुना टोलीको अग्रता दोब्बर पारेका तिए। ४४ औं मिनेटमा जिनाब्रीले गोल गरेपछि बायर्न पहिलो हाफमा ३-० ले अघि बढेको थियो।

४७ औं मिनेटमा डि लिग्टले तथा ५२ औं जिर्कजीले गोल गरेपछि बायर्नले ५-० को फराकिलो अग्रता बनायो। ५४ औं मिनेटमा सिमोनसेनले र ८३ औं मिनेटमा कुडिपिट्रोले गोल गर्दै घरेलु टोलीलाई ५-२ को अवस्थामा पुर्याउन सफल भए।

थप गरिएको समयमा मुलरले गोल गरेपछि बायर्नले ६-२ को शानदार जित निकालेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×