एजेन्सी- जर्मनीको ग्यास भण्डारण ‘चिन्ताजनक’ अवस्थामा झरेको जर्मनीले जानकारी गराएको छ। रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आशङ्काले ऊर्जा आपूर्तिमा थप दबाब परेको जर्मनीको अर्थ मन्त्रालयकी प्रवक्ताले बुधबार बताएका हुन्।
उनले सरकारको नियमित पत्रकार सम्मेलनका भने, “प्राकृतिक ग्यास भण्डारण अहिले ३५–३६ प्रतिशत रहेको देखिन्छ।” अर्थ मन्त्रालयकी प्रवक्ताले थपे, “निश्चय पनि हामी भण्डारण तहको अवस्थाको अनुगमन गरिरहेका छौं र त्यो पक्कै पनि चिन्ताजनक छ।” उनका अनुसार एक वर्षअघि ग्यास सञ्चयको अवस्था ८२ प्रतिशत क्षमतामा थियो।