काठमाडौँ - फिफा विश्वकपमा आजबाट समूह चरणको दोस्रा चरणका खेलहरू सुरु हुँदैछन्। गएराति समूह ‘जी’अन्तर्गत भएको ब्राजिल र सर्वियाबीचको खेलसँगै विश्वकपको समूह चरणअन्तर्गतको पहिलो चरणका खेलहरू सकिएको थियो।
समूह चरणको दोस्रो चरणमा आज समूह ‘ए’ र ‘बी’ का २- २ गरी ४ खेलहरू हुँदैछन्। आजको पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे समूह ‘बी’ का वेल्स र इरान भिड्दै छन्। यो खेल कतारको अहमेद बिन अलि रंगशालामा हुनेछ।
दिनको दोस्रो खेलमा साँझ ६:४५ बजे समूह ‘ए’ मा रहेका घरेलु टिम कतार र सेनेगलबीच प्रतिस्पर्धा हुँदैछ। यो खेल अल थुमामा रंगशालामा हुनेछ।
यस्तै, अलिफा अन्तर्राष्ट्रिय रंगशालामा राति ९:४५ बजेदेखि सुरु हुने तेस्रो खेलमा समूह ‘ए’ कै इक्वेडरले नेदरल्यान्ड्ससामु चुनौती प्रस्तुत गर्दैछ।
राति १२:४५ बजे हुने खेलमा समूह ‘बी’ का इंग्ल्यान्ड र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ। यो खेल अल बायत रंगशालामा हुनेछ।