उडिसाका एक वडा सदस्यद्वारा नयाँ वर्ष मनाउन बाख्रा चोरी

काठमाडौँ - ईस्वी नयाँ वर्ष २०२३ मा पार्टी गर्नका लागि भारतको उडिसास्थित सम्बलपुरमा एकजना वडा सदस्यले अरू तीनजनासँग मिलेर बाख्रो चोरेका छन्।

अर्काको बाख्रो चोरेर खाइदिएको आरोपपछि चारैजनालाई प्रहरीले पक्राउ गरी न्यायिक हिरासतमा पठाएको छ। बडहिंडोल गाउँको एक वडामा वडा सदस्य शुकरू मुंडा र अन्य तीन आरोपितले बाख्रो चोरेर काटेका थिए।

अर्का वडा सदस्य राजकिशोर प्रधानको फार्महाउसबाट उनीहरूले बाख्रो चोरेका थिए। अनि शनिवार भोज गर्नका लागि बाख्रा काटेर खाएका थिए। प्रहरीले छापा मारेर चारैजना आरोपितलाई मासुसहित पक्राउ गरेको थियो।

शनिवार बिहान राजकिशोर प्रधानलाई आफ्नो बाख्रो चोरिएको थाहा पाएपछि उनले चारमाल थानामा जाहेरी दिएका थिए। प्रहरीले जाहेरी दर्ता गरेलगत्तै अनुसन्धान थालेको थियो। केही घन्टाभित्रै चोरहरू पक्राउ परेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×