महिला युरोकपः इटालीमाथि फ्रान्सको जित

काठमाडौँ - खेलाडीबीचको आपसी कलहको आरोपलाई खण्डन गर्दै फ्रान्सले महिला युरो २०२२ मा इटालीलाई आइतबार ५-१ ले पराजित गरेको छ।

फ्रान्सले पहिलो हाफमै ५-० को अग्रता लिएको थियो। त्यसमा ग्रेस गेयोरोले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरिन्। मारिया एन्टोनेट र डेल्फिन कासकारिनोले समान १ गोल गरे।

फ्रान्सेली प्रशिक्षक क्यारिने डिक्रेले अनुभवी २ खेलाडी अमादिना हेनरी र इगुने ले सोमरलाई टिममा नराखेर प्रतियोगिताका लागि टिम घोषणा गरेपछि विवाद सुरु भएको थियो। तर इटालीविरुद्ध फ्रान्सेली टिम निकै बलियो देखियो।

जितपछि उनले भनिन्, ‘पहिलो खेलमा यस्तो जित निकै महत्त्वपूर्ण हुन्छ।’ इटालीले फर्काएको १ गोल पनि आत्मघाती रह्यो। फ्रान्सेली गोलरक्षक लाउरा गुलियानीले नियन्त्रण लिन नसकेको बल पोस्टमा गएको थियो। हारका बावजुत समूह ‘डी’ बाट इटाली पनि नकआउट चरण पुग्ने विश्वास गरिएको छ।

समूहको अर्को खेलमा बेल्जियम र आइसल्यान्डले म्यानचेस्टरमा १-१ को बराबरी खेलेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×