नेसन्स लिगः क्रोएसियाले डेनमार्कलाई हरायो

काठमाडौँ - युइएफए नेसन्स लिगमा क्रोएसियाले डेनमार्कलाई हराएको छ। गएराति भएको खेलमा क्रोएसियाले डेनमार्कलाई २-१ गोलअन्तरले हराएको हो.

क्रोएसियालाई जित दिलाउन बोरना सोसा र लोभरको माजेरले १/१ गोल गरेका थिए। डेनमार्कका लागि क्रिस्टियन एरिक्सनले १ गोल फर्काएका थिए।

जितसँगै क्रोएसिया ५ खेलबाट १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। डेनमार्क भने समान खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा झरेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×