उत्कृष्ट खेलाडीलाई सम्मान

लमजुङ - बेसीशहर नगरपालिकाले प्रदेश र संघ स्तरमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट हुन सफल खेलाडी सम्मान गरेको छ।

नगरपालिकाले गत महिना भएको प्रदेश स्तरीय र संघ स्तरीय राष्ट्रप्रति रनिङशिल्ड प्रतियोगितामा सहभागी भई पदक हासिल गरेका नगरभित्रका खेलाडीलाई सम्मान स्वरुप सम्मानपत्र नगद प्रदान गरेको हो।

विभिन्न विधाका प्रतियोगितामा सहभागी खेलाडीमध्ये पदक जित्न सफल ४ जना खेलाडीलाई सम्मान गरिएको हो। केन्द्रस्तरिय प्रतियोगितामा ५० केजी कराँते खेलमा प्रथम हुन सफल प्रिती तामाङलाई नगद १० हजार, ४० केजी कराते तर्फ तृतिय हुन सफल सुमिना तामाङलाई ५ हजार र केन्द्रस्तरकै हाइजम्पमा द्वीतिय हुन सफल समा श्रेष्ठलाई ७ हजार प्रदान गरिएको छ।

प्रदेशस्तरीय प्रतियोगितामा ४२ केजी कराँतेतर्फ तृतीय हुन सफल उमेश गुरुङलाई ३ हजार प्रदान गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×