अभिनेत्री केकी अधिकारीको गोप्य विवाहको चर्चा, को हुन् रोहित तिवारी ?

काठमाडौँ - अभिनेत्री केकी अधिकारीले आफ्नो प्रेमिसंग गोप्य रुपमा विवाह गर्न लागेको खबर सार्वजनिक भएको छ। मंगलबारमात्र आफ्ना साथी गायक आर्जन पाण्डेको वैवाहिक समारोहमा सहभागि भएकी केकीले बिहिबार आफ्नो प्रेमी रोहित तिवारीसंग लगनगाँठो कस्न लागेको दावी गरिएको छ।

तर आज बुधबार दिनभर अभिनेत्री केकी अधिकारीले विवाह गरेको चर्चाले फिल्म क्षेत्र गर्मायो । तर स्रोतका अनुसार उनले बुधबार विवाह नभई मेहेन्दी उत्सव गरेकी हो।

रोहित तिवारी हाम्रो बजार डटकमका प्रमुख कार्यकारी अधिकृत सीईओ हुन्। केकी र रोहित एकवर्षदेखि प्रेम सम्बन्धमा थिए। तर यसलाई उनीहरुले सार्वजनिक गरेका थिएनन्। मेहन्दी सेरोमनीमा केकीका परिवारका सदस्य र केही साथी मात्र उपस्थित रहेको स्रोतले बतायो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×