‘गोर्खा वारियर–२’को छायांकन सिन्धुलीमा हुँदै

काठमाडौँ। निर्माण भइरहेको अवस्थामै चर्चा बटुलेको नेपाली चलचित्र ‘गोर्खा वारियर–२’को छायांकन सिन्धुलीमा भइरहेको छ।  वैशाख अघि नै ४० प्रतिशत छायांकन सकिएको चलचित्रको बाँकी छायांकन सिन्धुलीबाट थालिएको हो। सिन्धुलीको भद्रकाली मन्दिरमा पुजा गरि आज बिहिबारबाट छायांकन थालिएको छ। चलचित्र निर्देशक मिलन चाम्सको निर्देशनमा तयार हुँदैछ। चलचित्रमा रेबिका गुरुङ, विजय लामा, रियर राई, भुवनसिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, वीरूप घले, सारा राई, मनोज केसी आदि कलाकारहरुको अभिनय देख्न सकिनेछ।  बेलायत, भारत, मलेशियामा छायांकन हुने चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुन लागेको हो। २०२२ मा रिलिज हुने चलचित्रको सहनिर्माता सुरेश राई रहेका छन् भने चलचित्रमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×