ब्याटम्यान : कोरोना पछि नेपालमा धेरै कमाउने दोस्रो हलिउड फिल्म

काठमाडौँ – स्पाइडरम्यानः नो वे होम पछि नेपालमा कोरोना महामारी पश्चात धेरै कमाउने दोस्रो हलिउड फिल्म ‘द ब्याटम्यान’ बन्न पुगेको छ। 

रोबर्ट प्याटिन्सन स्टारर सुपरहिरो फिल्म ‘द ब्याटम्यान’ले तेस्रोसप्ताहन्तसम्ममा १ करोड ५ लाख रुपैयाँ नेपालबाटमात्र कमाएको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले जानकारी दिएको छ। वार्नर ब्रोज स्टुडियोको उक्त फिल्म भन्दा अघि सोनीको ‘स्पाइडरम्यान: नो वे होम’ले नेपालमा झण्डै ६ करोडको लाइफटाइम कलेक्सन गरेको थियो।

अपेक्षाभन्दा धेरै नकमाएता पनि ‘द ब्याटम्यान’को कमाइबाट सन्तुष्ट रहेको नेपाल वितरक एप्पल इन्टरटेनमेन्टले जनाएको छ। ‘द ब्याटम्यान’ ले उत्तर अमेरिकी बक्स अफिसमा पहिलो सप्ताहन्त ३६.८ मिलियन डलरको ओपनिङ गरेको छ भने चीनमा ११.८ मिलियन डलरको ओपनिङ गरेको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×