प्रधानमन्त्री कप: पहिलो सेमिफाइनलमा आज एपीएफ र मधेस प्रदेश खेल्दै

काठमाडौँ  - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ।

काठमाडौँको कीर्तिपुर मैदानमा फाइनल पुग्न विभागीय टोली एपीएफ क्लब र मधेस प्रदेशबीच खेल हुँदैछ। खेल बिहान साढे ९ बजेदेखि सुरु हुनेछ। एपीएफ समूह ‘ए’ को विजेता तथा मधेस समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्।

दोस्रो सेमिफाइनलमा भोलि पुलिस क्लब र त्रिभुवन आर्मीबीच खेल हुनेछ। प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउने छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×