जुम्लामा स्याउ र ओखरका विरुवा रोप्दै नेपाली सेना

जुम्ला : नेपाली सेनाले जुम्लामा स्याउ र ओखरका विरुवा रोप्न थालेको छ। नेपाली सेनाको नम्बर २४ बाहिनी अड्डा र नन्दबक्स गण जुम्लाले आफ्नो परिसरमा ५०० स्याउ  र १०० ओखरका विरुवा रोपेको हो।

नेपाली सेनाको नन्दबक्स गणमा ३०० र नम्बर २४ बाहिनी अड्डा २०० स्याउका विरुवा रोपिएको बाहिनीपति रामचन्द्र केसीले जानकारी दिए। नेपाली सेनालाई अब कृषितर्फ अग्रसर गर्न थालिएको उनको भनाइ छ। जसका लागि विभिन्न दिवस तथा पर्वहरूमा स्याउ र ओखरका विरुवा रोप्ने गरिएको केसीले बताए।

गणपति रविन थापा नेपाली सेनाले नम्बर २४ नम्बर बाहिनीमा आफ्नो परिसरमा विरुवा लगाउँदै आएको बताए। यसअघि पनि एक हजार २०० विरुवा रोपेको र त्यसमध्ये ३०० स्याउका विरुवाले फल दिन थालेको उनले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×