टी-२० विश्वकप क्रिकेटको ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने

काठमाडौँ - आईसीसी पुरुष टी-२० विश्वकप क्रिकेटको ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्याइने भएको छ।

अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने प्रतियोगिताको ट्रफी सगरमाथाको आधार शिविरमा पुर्याइने नेपाल क्रिकेट संघ(क्यान)का कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिएका छन्।

‘अष्ट्रेलियामा आयोजना हुने विश्वकप ट्रफी यसै महिना नेपाल आइपुग्नेछ। आईसीसीको तालिका अनुसार विश्वकप ट्रफी भदौ १४ मा नेपालमा ल्याइनेछ। त्यो समयमा ट्रफी सगरमाथाको आधार शिविरमा पुर्याइने छ,’ मल्लले भने।

क्रिकेटको विश्वकप ट्रफी नेपालमा दोस्रो पटक ल्याउन लागिएको हो। यसअघि २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी नेपाल ल्याइएको थियो। ट्रफीलाई भदौ १४ गते नै प्रदर्शनीको लागि सगरमाथाको आधार शिविर पुर्याइने छ।

मल्लले ट्रफीलाई लुम्बिनी र भक्तपुरको दरबार क्षेत्रमा पनि राखिने बताए। विश्वकपको १०० दिने ट्रफी टुर जारी रहेको छ। ट्रफी विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शनी गरिँदैछ। विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×