काठमाडौँ - लिभरपुलले न्युकासल युनाईटेडलाई हराएको छ। बुधबार राति भएको खेलमा लिभरपुलले न्युकासल युनाईटेडलाई २-१ ले हराएको हो।
लिभरपुलका लागि रोबर्टो फिर्मिनो र फाबियो कार्भाल्होले १-१ गोल गरे भने न्युकासलका लागि एलेक्सान्डर इसाकले १ गोल गरेका थिए।
खेलको ३८ औं मिनेटमा इसाकले गोल गर्दै न्युकासललाई सुरूवाती अग्रता दिलाएका थिए। तर, ६१ औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई १-१ को बराबरीमा ल्याएका थिए। त्यसपछि खेलको इन्जुरी समयमा कार्भाल्होले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए।
जितसँगै लिभरपुल ५ खेलबाट ८ अंक जोडेर आठौं स्थानमा रहेको छ। पराजित न्युकासल ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ।