भारतीय टेलिभिजन अभिनेत्री वैशाली ठक्कर मृत फेला

काठमाडौँ - भारतीय टेलिभिजन अभिनेत्री वैशाली ठक्कर मृत फेला परेकी छिन्। कलर्स टेलिभिजनबाट प्रशारण हुने चर्चित सिरियल ‘ससुराल सिमर का’मा अञ्जली भारद्वाजको भूमिका निभाउने ३० वर्षीया वैशाली इन्दौरको साई बाग कोलोनीस्थित आफ्नै घरमा मृत फेला परेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

स्टार प्लसको चर्चित टिभी सिरियल ‘ये रिश्ता क्या कहलाता है’मा सञ्जनाको भूमिका निभाएपछि उनी लोकप्रिय भएकी थिइन्। इन्दौर प्रहरीले वैशालीले आत्महत्या गरेको जनाएको छ। प्रहरीका अनुसार उनी पासो लगाएको अवस्थामा मृत फेला परेकी थिइन्। प्रेम सम्बन्ध टुटेपछि उनी तनावमा रहेको र सोही कारणले आत्महत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ।

इन्दौर पुलिसले पोष्टमार्टमपछि वैशालीको शव परिवारलाई बुझाएको छ। पोष्टमार्टम रिपोर्टअनुसार उनको मृत्यु शनिबार राति नै भएको देखाएको छ।

परिवारका सदस्यले भने आइतबार बिहान मात्रै प्रहरीलाई खबर गरेका थिए। वैशालीको सुसाइट नोट पनि भेटिएको प्रहरीले जनाएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×