म्युजिक भिडियो ‘बैंश दिन नमिल्ने सापटी’ सार्वजनिक

काठमाडौँ - हास्य कलाकार सागर लम्साल (बले) र यमुना रसालको अभिनय रहेको म्युजिक भिडियो ‘बैंश दिन नमिल्ने सापटी’ सार्वजनिक भएको छ। बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो।

यज्ञ बिक र अस्मिता अधिकारीको स्वर रहेको गीतमा नेत्र अर्यालको शब्द रहेको छ। गायक यज्ञकै संगीत रहेको गीतमा सुनिल परियारले संगीतको एरेन्ज गरेका छन्। राजेश घिमिरेको छायांकन रहेको भिडियोलाई दीपक बिष्टले सम्पादन गरेका हुन्।

भिडियोको कोरियोग्राफी तथा निर्देशक काजिश श्रेष्ठले गरेका हुन्। भिडियोमा कलाकारलाई थारु समुदायको गेटअपमा उतारिएको छ। 

 


 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×