काठमाडौँ l कोरोना महामारी सामान्य भएसँगै निर्माताहरू आफ्नो चलचित्रको प्रदर्शन मिति धमाधम घोषणा गरिरहेका छन्। यसैबिच चलचित्र ‘बाबरी’को पनि प्रदर्शन मिति घोषणा गरिको छ। अभिनेता धिरज मगर र अभिनेत्री अदिति बुढाथोकी मुख्य भूमिकामा रहेको चलचित्र भाद्र ३१बाट प्रदर्शनमा आउने भएको छ l
सुरेन्द्र पौडेलको कथा तथा निर्देशन रहेको चलचित्र बाबरी फिल्मको प्रस्तुति र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको हो l पुष्पा अधिकारी निर्माता, सुष्मा गुरुङ सह-निर्माता रहेको चलचित्रमा धिरज नाडकरको पनि अभिनय रहेको छ l