काठमाडौँ - युइएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर युनाटेड विजयी भएको छ। समूह ई मा रहेको युनाइटेडले पहिलो जीत दर्ता गर्ने क्रममा सेरिफलाई २-० गोलले पराजित गरेको हो।
युनाइटेडको जीतमा जाडोन सान्चो र क्रिष्टियानो रोनाल्डोल १/१ गोल गरेका थिए। १७ औं मिनेटमा सान्चोले इरिक्सनको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। ३९ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाएका थिए।
पहिलो हाफमा २-० को अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा पनि सोही अग्रता कायम राख्दै जीत पक्का गरेको हो। रोनाल्डोले क्लब करियरमा ६९९ गोल पनि पूरा गरेका छन्। यही समूहको रियल सोसिडाडले ओमानिया निकोसालाई २-१ गोल अन्तरले स्तब्ध बनाएको छ।
सोसिडाड तालिकामा ६ अंकका साथ शीर्ष स्थानमा रहँदा म्यानचेस्टर युनाइटेड ३ अंकका साथ दोस्रो स्थानमा रहेको छ।