काठमाडौँ। नेपाली चलचित्र ‘चिसो एस्ट्रे’को प्रदर्शन मिती घोषणा गरिएको छ। चलचित्र चैत ४ गतेबाट प्रदर्शनमा आउनेछ। दिनेश पाल्पाली (दिन्श)को निर्देशनमा बनेको चलचित्रमा गाउँबाट सहर आएको एउटा युवाको यात्राको कथा समेटिएको छ। चलचित्रमा दिव्य देव, निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा रहेका छन्। कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रका प्रस्तुतकर्ता महेशबाबु तिमल्सिना रहेका छन्। चलचित्रको निर्माता प्रबिन स्याङ्बा र सुस्मिता पराजुली पनि रहेका छन् भने सह निर्माता रुपेश ढुंगाना र नविन ढुंगाना रहेका छन्। रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले चलचित्रको वितरण काठमाडौँमा गर्नेछ र एफडी कम्पनीले काठमाडौँ बाहिर गर्नेछ। निर्देशक दिनेश पाल्पालीले बिभिन्न अवार्ड विजेता चलचित्र ‘बालकृष्ण सम : अनटोल्ड स्टोरी’का निर्देशक हुन्।