राष्ट्रियसभा निर्वाचनका लागि ८ पार्टीले मात्रै गराए दल दर्ता

काठमाडाैं । रााष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय शनिबार सकिँदै छ। आयोगले माघ १२ गते हुने निर्वाचन प्रयोजनका लागि पुस १ गतेदेखि १० गतेसम्म दलदर्ताको म्याद तोकेको थियो।

निर्वाचन आयोगको कानुुनशाखाका उपसचिव गुरुप्रसाद वाग्लेले शुक्रबारसम्म आठवटा दल दर्ता भएको जानकारी दिए ।

निर्वाचन आयोगका अनुसार हालसम्म नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र),नेपाल कम्युनिस्ट पार्टी(एमाले),नेपाल कम्युनिस्ट पार्टी(एस),राष्ट्रिय जनमोर्चा,नेपाल मजदुर किसान पार्टी, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल,जनता समाजवादी पार्टी नेपाल र नेपाल लोकतान्त्रिक पार्टीले शुक्रबारसम्म दल दर्ता गराएका छन्।

सत्तारुढ नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने अझै दल दर्ता नगरेकाे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×