सभापति देउवाको नेतृत्वमा विपक्षी दलहरूको बैठक सुरु

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठक सुरु भएको छ । सोमबार बिहान संसद भवनस्थित देउवाकै कार्यकक्षमा बैठक सुरु भएको हो ।

आजको संसद् बैठकमा विपक्षी दलहरुको साझा रणनीति तय गर्न बैठक बोलाइएको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । उनले कांग्रेस सभापतिले बैठक बोलाएको र आजको संसद बैठकमा विपक्षी दलको धारणा र रणनीति के हो भन्ने विषयमा छलफल भइरहेको बताए ।

विपक्षी दलहरुले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् । विपक्षी दलहरूले छानबिन समिति माग गर्दै लामो समयदेखि संसद् अवरोध गर्दै आएको छ । जनता समाजवादी पार्टी नेपालले सरकार छाडेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा आज विश्वासको मत लिँदै छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×