भारत। भारतीय अभिनेत्री तथा टेलिभिजन कलाकार मौनी रायले बिहीबार विवाह गरेकी छिन्। उनी आफ्ना प्रेमी सुरज नाम्बियारसँग गोवामा वैवाहिक बन्धनमा बाँधिएकी हुन्।
भारतीय सञ्चारमाध्यमका अनुसार दुवैका परिवारका सदस्य र साथीहरुका बिच मलयाली र बंगाली परम्परा अनुसार उनीहरुको विवाह भएको हो। मौनीले भारतीय टेलिभिजन कार्यक्रम ‘नागिन’मा नागिनको भूमिका निभाएर चर्चा कमाएकी हुन्। जोडीको विवाहको तस्वीरहरु अहिले सामाजिक सञ्जालभरि छन् ।
मौनीले सन् २००७ मा एकता कपूरको टेलिभिजन कार्यक्रम ‘क्योंकि सास भी कभी बहू थी’बाट अभिनय थालेकी थिइन् । त्यसैगरि सन् २०१८ मा उनले अक्षय कुमार अभिनित चलचित्र ‘गोल्ड’बाट बलिउडमा पाइला राखेकी थिइन्। दक्षिण भारतीय सुरज एक इन्भेष्टमेन्ट बैंकर हुन्।