चलचित्र ‘झिंगेदाउ’को ट्रेलर सार्वजनिक

काठमाडौँ - नाटककार एवं साहित्यकार भीमनिधि तिवारीको कृति ‘झिंगेदाउ’मा आधारित चलचित्र ‘झिंगेदाउ’को ट्रेलर सार्वजनिक भएको छ। 

चलचित्र ‘मुनामदन’का निर्देशक ज्ञानेन्द्र देउजाले ‘झिंगेदाउ’लाई पर्दामा उतारेका हुन्।

पारिवारिक कथावस्तुमा आधारित चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषाल, कुशल विष्ट, हिउँवाला गौतम, विजय देउजा लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ।

अभिनेत्री आँचल र केकी चलचित्रमा देउरानी-जेठानीको भूमिकामा देखिएका छन्। दुई दाजुभाइ अनि जेठानी-देउरानीको घरझगडालाई सार्वजनिक ट्रेलरमा देखाइएको छ।

प्रदीप भारद्वाजले यो चलचित्र भीमनिधि तिवारीको छोटो कथा झिंगेदाउमाथि आधारित रहेर लेखेका हुन्। चलचित्र यही भदौ १७ गते रिलिज हुँदैछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×