काठमाडौँ - यूईएफए नेसन्स लिगमा वर्ल्डकप च्याम्पियन फ्रान्सले पहिलो जित निकालेको छ। बिहीबार राति भएको खेलमा फ्रान्सले अष्ट्रियालाई २-० गोल अन्तरले हराउँदै पहिलो जित निकालेको हो।
फ्रान्सको जितमा केलियन एमबाप्पे र ओलिभर जिरुडले एक गोल गरे। ५६औं मिनेटमा जिरुडको पासमा एमबाप्पेले गोल गरेका थिए। ६५औं मिनेटमा एन्टोनी ग्रिजम्यानको पासमा जिरुडले गोल गरेपछि फ्रान्सले नेसन्स लिगमा पहिलो जित निकालेको हो।
पहिलो जित निकालेको फ्रान्स ५ अंकका साथ समूह ‘ए’को तेस्रो स्थानमा रहेको छ। पहिलो स्थानमा रहेको क्रोएसियाको १० अंक रहेको छ।