एएफसी यू-१७ एसियन कप छनोट: नेपाल जितविहीन

काठमाडौँ - एएफसी यू-१७ एसियन कप छनोटमा नेपाल जितविहीन बनेको छ।

भियतनाममा जारी प्रतियोगिता अन्तर्गत आइतबार समूह चरणको अन्तिम खेलमा चाइनिज ताइपेसँग ४-२ गोल अन्तरले पराजित भएपछि नेपाल जितविहीन बनेको हो।

फु थोस्थित भियत त्रि स्टेडियममा भएको खेलमा ताइपेका लागि लिन हाइ चेङले २ गोल गरेका थिए। ताई यान याओ र लु यी टिङले १/१ गोल गरेका थिए। नेपालका कप्तान प्रशान्त लक्सम र धनसिंह विकले १/१ गोल फर्काएका थिए।

समूह एफमा रहेको नेपाल अंकविहीन हुँदै पुछारमा पुग्यो। ताइपे ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३-० ले पराजित भएको थियो। दोस्रो खेलमा आयोजक भियतनामसँग ५-० ले पराजित भएको थियो।

प्रतियोगितामा भियतनाम ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। भियतनाम र थाइल्याण्डबीचको विजेताले एसियन कपमा स्थान बनाउने छ। छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×