लिभरकुसेनकाे मुख्य प्रशिक्षकमा जाभी अलन्साे नियुक्त

काठमाडौँ - जाभी अलन्साे जर्मन क्लब बायर लिभरकुसेनकाे मुख्य प्रशिक्षक नियुक्त भएका छन्। बुन्डेस लिगा क्लबले स्पेनिस प्रशिक्षक अलन्सोसँग २ वर्षको लागि सम्झौता गरेकाे छ।

लिभरकुसेनले गेरार्डो सिओनेलाई बर्खास्त गरेपछि  ४० वर्षिय अलन्सोलाई टाेली हेर्ने जिम्मेवारी दिएको हो। ४० वर्षीय अलन्सोले यस अघि स्पेनिस ला लिगा क्लब रियल सोसिडाडको 'बी' टाेली हेरेका थिए।

स्पेनिस पूर्वमिडफिल्डर अलन्सोले ३ सिजन सोसिडाडको 'बी' टोलीमा रहेर काम गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×