भिनिसियस जुनियर रियाल मड्रिडमै बस्ने

काठमाडौँ - युवा फरवार्ड भिनिसियस जुनियरले स्पेनिस महारथि क्लब रियाल मड्रिड छाड्ने हल्ला चलिरहेको बेला भिनिसियसले भने क्लबमै बस्ने इच्छा व्यक्त गरेका छन्। २१ वर्षीय ब्राजिलियन खेलाडी सन् २०१८ मा मड्रिडमा अनुबन्ध भएका थिए। त्यसयता उनी टिममा नियमित खेलाडी र महत्वपूर्ण सदस्य बनेका छन्।

विश्व बजारमा फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पीएसजी) जाने हल्ला चलिरहँदा भिनिसियसले भने क्लब आएदेखि सबै एकजुट रहेको र मड्रिडमा रमाइलो भएको प्रतिक्रिया दिएका छन्।

‘विश्वको सबैभन्दा ठूलो क्लबमा निरन्तरता दिनेछु। म क्लबमा आएदेखि हामी सबै एकजुट भएका छौं। यो वर्ष छुट्टै रमाइलो थियो। हामीले एकजुट भएर प्रदर्शन गर्दा नै ला लिगा र च्याम्पियन्स लिगको उपाधि जित्न सफल भयौँ,’ यसै वर्ष क्लबलाई स्पेनिस ला लिगा र यूईएफए च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका भिनिसियसले भनेका छन्।

जुनियरले यस सिजन १७ गोल र १३ असिस्ट गरेका थिए। यस्तै, मड्रिडलाई कीर्तिमानी १४औँ पटक च्याम्पियन्स लिगको उपाधि जिताउन जुनियरले महत्वपूर्ण भूमिका खेलेका छन्।

मड्रिडसँग भिनिसियसको अझै दुई वर्षको सम्झौता बाँकी रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×