ब्याटिङ नचल्दा स्कटल्यान्डसँग नेपालको लज्जासपद हार

काठमाडौँ - नेपाल आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डसँग पराजीत भएको छ। नेपाललाई स्कटल्यान्डले ८ विकेटले हरायो।

स्कटल्यान्ड भ्रमणमा नेपालले १ स्पर्धामा मात्र जित निकाल्यो। नेपालले पहिले ब्याटिङ गर्दै १ सय २९ रनको विजयी लक्ष्य दिएको थियो। नेपालको ब्याटिङ चल्न सकेन। स्कटल्यान्डले १९ ओभरमा २ विकेट गुमाउँदै नेपालले दिएको १ सय २९ रनको लक्ष्य पुरा गरेको थियो।स्कटल्यान्डका ओपनर काइल कोट्जर राम्रो खेल प्रदर्शन गरे। उनले ५२ बलमा ७ चौकासहित ४४ रनमा अविजित रहेका थिए।

कलुम म्याकलिओडे २९ बलमा १० चौका र ३ छक्कासहित ६४ रनको आक्रामक इनिङ खेल्दै आउट भए। नेपालका सन्दीप लामिछानेले र सोमपाल कामीले १-१ विकेट लिए।

त्यसअघि टिटवुड ग्लासगोमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ३४ओभर ५ बलमा १ सय २८ रनमा अल आउट भएको थियो। नेपालका ओपनर आसिफ शेखले ४० रन जोडेका थिए। उनले ५८ बलमा ६ चौका प्रहार गरे। आसिफ स्पिनर मार्क वाट्टको १९ औं ओभरको तेस्रो बलमा विकेटकिपर म्याथ्यु क्रसबाट क्याच आउट भए।

ओपनर कुशल भुर्तेलले पनि खराब प्रदर्शन गरे। कुशल स्पिनर मार्क वाट्टको छैटौं ओभरको दोस्रो बलमा १६ बल खेल्दै ३ रनमा क्याच आउट भएका थिए। देव खनाल गेभिन मेनको बलमा १० रनमा क्याच आउट भए। रोहित पौडेल २० औं ओभरको पाँचौं बलमा फस्ट स्लिपमा कलुम म्याकलेओडबाट १० रनमा क्याच भए। रोहितले १६ बलमा १ चौका प्रहार गरेका थिए।

दीपेन्द्र स्पिनर ७ रन जोडेर क्याच आउट हुन पुगे। स्कटल्यान्ड भ्रमणमा पहिलो खेल खेलेका विनोद भण्डारीले १३ रन जोडे। उनले २१ बल खेल्दै २ चौका प्रहार गरेका थिए।

करण केसीले ७ रन जोडे। कप्तान सन्दीप लामिछाने २७ रन जोडे। उनले २७ बलमा ३ चौका प्रहार गरेका थिए। स्कटल्यान्डका स्पिनर हम्जा ताहिरले ४ विकेट लिएका थिए। मार्क वाट्टले ३ विकेट हासिल गर्दा गेभिन मेनले दुई विकेट लिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×