चार देशिय टी-२० सिरिजको दोस्रो खेलमा आज नेपालले युएईसँग खेल्दै

काठमाडौँ- ओमानमा शुक्रबारदेखि सुरु भएको चार देशिय टी-२० सिरिजको दोस्रो खेलमा नेपालले आज युएईसँग खेल्दैछ। खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली सयम अनुसार ११ : ४५ बजे सुरु हुनेछ।

आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप भइरहेको यस सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई हराएको थियो। त्यही लय कायम राख्दै प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ। यूएई भने सिरिजमा पहिलो खेल खेल्दैछ। शुक्रबारै तय भएको युएई र आयरल्याण्डको खेल प्राविधिक कारणले हुन सकेन र आइतबारको लागि सारिएको छ।

नेपालसहित चारै टोली ग्लोबल क्वालिफायर खेल्दैछन् र त्यसैको तयारीका रुपमा सिरिज खेल्दैछन्। नेपालले अन्तिम खेल सोमबार आयरल्याण्डसँग खेल्नेछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×