एएफसी यू-१७ एसियन कप छनोटः भियतनामसँग भिड्दै नेपाल

काठमाडौँ - एएफसी यू-१७ एसियन कप छनोटमा नेपालले शुक्रबार भियतनामसँग प्रतिस्पर्धा गर्दै छ। प्रतियोगिताको पहिलो खेलमा थाइल्याण्डसँग हारेको नेपाल छनोट सम्भावना कायम राख्नपनि आज जित्नै पर्ने दबाबमा हुने छ।

फु थोस्थित भियत त्रि स्टेडियममा साँझ ५:४५ मा सुरु हुने खेलमा नेपाल समूहमा बलियो मानिएको भियतनामविरुद्ध प्रतिस्पर्धा गर्ने छ। बुधबार भएको पहिलो खेलमा थाइल्याण्डसँग ३-० ले पराजित भएकाले भियतनाम विरुद्ध समालिएर मैदानमा उत्रिने चुनौती नेपाललाई रहेको छ।

पहिलो खेलमा जित निकालेको भियतनाम लगातार दोस्रो जितको लक्ष्यसहित मैदानमा उत्रिँदै छ। चाइनिज ताइपेईलाई ४-० ले पराजित गर्दै घरेलु मैदानमा बलियो देखिएको भियतनाम छनोटको आशा कायम राख्न नेपाललाई हराउने लक्ष्यमा रहेको छ।

समूह ‘एफ’ मा नेपाल र चाइनिज ताइपेई अंकविहीन रहेका छन्। भियतनाम ३ अंक जोडेर शीर्ष स्थानमा रहँदा समान अंक भएपनि थाइल्याण्ड दोस्रो स्थानमा छ। अन्तिम खेलमा नेपालले आइतबार चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ।

जारी प्रतियोगितामा समूह विजेता टोलीले एसियन कपमा स्थान बनाउँदा उत्कृष्ट उपविजेता बन्न सक्ने ६ टिमले पनि एसियाकप खेल्ने छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×