मार्सेलीविरुद्ध टोटेनहमको जितमा रिचार्लिसनको २ गोल

काठमाडौँ - च्याम्पियन्स लिगमा इंग्लिस क्लब टोटेनहम हट्स्पुरले विजयी सुरुवात गरेको छ। उसले गएराति समूह ‘डी’ अन्तर्गको खेलमा फ्रेन्च क्लब मार्सेलीलाई २-० ले हराउँदै विजयी सुरुवात गरेको हो।

टोटेनहम हट्स्पुर स्डेडियममा घरेलु टोलीका लागि दुवै गोल रिचार्लिसनले गरेका थिए। खेलको ४७ औं मिनेटमा चान्सेल एम्बेम्बा मङ्गुलुले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि मार्सेली १० खेलाडीमा समेटिएको थियो।

७६ र ८१ औं मिनेटमा रिचार्लिसनले गोल गरेपछि घरेलु टोलीले २-० को सहज जित निकालेको थियो। यो जितसँगै टोटेनहमले ३ अंक जोड्दा मार्सेलीले हारबाट प्रतियोगिताको सुरूवात गरेको छ।

यहि समूहको अर्को खेलमा पोर्चुगिज क्बल स्पोर्टिङ सिपीले जर्मन क्लब फ्रान्कफर्टलाई ३-० ले हराएको छ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×