काठमाडौँ - पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको विमान जलिरहेको अवस्थामा फेला परेको छ।
मुस्ताङको थासाङ गाउँपालिका दुई लारीकोटभन्दा माथिल्लो लाङिचगोला (मानापाथी हिमालको फेदी)मा जहाज जलिरहेको अवस्थामा फेला परेको नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले जानकारी दिएका छन्।
आज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज १० बजेर ७ मिनेटमा बेपत्ता भएको थियो। उक्त जहाजमा १९ जना यात्रु र तीन जना चालक दलका सदस्य गरी २२ जना व्यक्ति सवार रहेका तारा एयरले जनाएको छ।
घटनाको क्षतिको विवरण भने आउन बाँकी रहेको छ।
श्रोत: उज्यालो अनलाईन