निकेशको स्वर र आयुष्मा राईको अभिनयमा देउसी र तिहार...गीत सार्वजनिक

काठमाडौं - यो वर्षको तिहार नजिकिँदै छ । यसै क्रममा धमाधम तिहार गीतहरु रिलिज भएको छन् । यही मेसोमा तिहार गीत मार्फत मिसेस वल्र्ड नेपाल २०२३ की प्रतियोगी आयुष्मा राई दर्शकमाझ आएकी छिन् । आफ्नो अभिनय रहेको नयाँ गीत देउसी र तिहार (तिहारै आयो) को उनले आफु सहित आफ्ना साथीहरु तथा मिसेस नेपाल वल्र्ड २०२३ का प्रतियोगीहरुबाट सामुहिक रुपमा लोकापर्ण गराएकी छिन् ।

यो तिहार गीतलाई गायक निकेश राई सहितको टिमले गाएका हुन् । आयुष्मा र मिसेस वल्र्ड नेपालका प्रतियोगीहरुसहित यो गीतलाई मँगलबार काठमाडौंको अर्याल होटलमा एक समारोहबीच बृटिस आर्मीका मेजर योगेश कोयी राई, कलाकार अनुषा राई, अनिल कोयी राई, अन्तराष्ट्रिय कोरियोग्राफर अश्विनी कान्त झालगायतले सँयुक्त रुपमा लोकार्पण गरेका हुन् ।

बिमोचन कार्यक्रमका आयोजक मेजर योगेश कोयी राईलगायतले मिसेस नेपाल वल्र्ड २०२३ का प्रतियोगीहरुलाई सफलताको शुभकामना दिँदै उनीहरुको हातबाट यो गीतको भिडियो लाकोर्पण गराएका हुन् । गायक निकेश राईकै शब्द संगीतमा यो तिहार गीत तयार भएको हो । 

यो वर्षको तिहारलाई लक्षित गरेर नयाँ तिहार गीत ‘देउसी र भैलो (तिहारै आयो)’ दर्शक श्रोतामाझ ल्याएको बिमोचन समारोहमा निकेशले बताए । यो गीतमा आफु सहित कुसुम गुरुङ, सविन शंकर, राजु बाराकोटी, नौली याम्फु, कैलाश विक, सुशील भट्टराईलगायतको स्वर रहेको पनि गायक निकेशले कार्यक्रममा जानकारी गराए । यो गीतमा सुशील भट्टराईको संगीत संयोजन, राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×