काठमाडौँ - मंसिरको १६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘पासो’को ट्रेलर सार्वजनिक भएको छ।
आइतबार काठमाडौँमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। डेढ मिनेट लामो ट्रेलरमा दुई युवतीले बाँच्नका लागि गरेको संघर्षको कथा देखाइएको छ।फिल्ममा अभिनेत्री रिस्ता बस्नेत र सुनिशा बजगाईं केन्द्रीय भूमिकामा रहेका छन्।
१३ दिन लगाएर खिचिएको फिल्ममा कथा, पटकथा, संवाद र निर्देशन आरबी पूनको रहेको छ। भगवान भुजेलले निर्माण गरेको फिल्ममा राजकुमार राउत कार्यकारी निर्माता रहेका छन् भने वसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना र सरस्वती गुरुङ सह-निर्माताको रुपमा रहेका छन्।
फिल्ममा रिस्ता र सुनिशासँगै रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका रहेको छ। उत्तम हुमागाईंले छायांकन गरेको फिल्मलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्।
बिआर इन्टरटेन्मेन्टको प्रस्तुतिमा यो फिल्म बनेको हो।