चेतनामुलक विषयमा लघु फिल्म ‘चरित्र’ निर्माण

काठमाडौँ - आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा लघु फिल्म ‘चरित्र’ निर्माण भएको छ। रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा कपिल कार्कीको निर्देशन रहेको छ।

निर्देशक कार्कीकै निर्माण रहेको फिल्ममा उत्तम केसी, स्रोता आचार्य, राजकुमार थापा, रामकाजी घिमिरे, रचना पौडेल, आशिका बस्नेत, अन्जु हमाल, अनुमती नेपाली, घनश्याम तिमिल्सिना, श्रीराम गिरी, कालुराम थापा, सुरेन्द्र खड्का, दिव्यान्स जोशी, कमला खड्का, परशुराम सत्याल, अनिश बोहोरा, दर्शक आचार्य, राधिका शंकर, आशिष थापा लगायतको अभिनय रहेको छ।

काभ्रेको फूलबारी मथुरा पार्टी आसपासका स्थानमा छायांकन भएको फिल्म दलित तथा जनजाति माथि उपल्लो जातिका मानिस तथा नेताले गर्ने थिचोमिचो विषयवस्तुको रुपमा सन्देशमूलक हिसावले देखाउन खोजिएको कलाकार उत्तम केसीले बताएका छन्।

सुमन कार्कीको परिकल्पनामा निर्माण भएको फिल्ममा बालकुमार मगरको छायांकन तथा सम्पादन रहेको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×