टी-२० विश्वकप उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दै

काठमाडौँ - टी-२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इंग्ल्याण्ड र पाकिस्तान भिड्दैछन्। फाइनल खेल अष्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने २ बजेबाछ सुरु हुनेछ।

समूह चरणमा आयरल्यान्डसँगको पराजयपछि संघर्ष गरिरहेको  इंग्ल्याण्डले बिहीबार भारतलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुग्यो। पाकिस्तानले सुरुका २ खेलमा हार व्यहोरेपछि लगातार ४ जित हात पार्दै फाइनलमा स्थान पक्का गरेको थियो। पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो।

पाकिस्तान सन् २००९ को टी-२० विश्व कप च्याम्पियन र इङ्ल्यान्ड सन् २०१० को च्याम्पियन टोली हो। टी-२० विश्व कपको यो आठौँ संस्करण हो।

इंग्ल्याण्डका कप्तान जोस बटलरले मेलबर्नमा पाकिस्तानविरुद्ध आइतबार हुने फाइनलअघि पुरुष टी-२० विश्वकप ट्रफी उचाल्ने सपना देखेको बताएका छन्।

000000
 नेपाल प्रेस  प्रकाशित: २०७९ कार्तिक २७ गते ७:१३
33
Shares
facebook sharing buttonmessenger sharing buttonwhatsapp sharing buttontwitter sharing buttonsharethis sharing button


प्रतिक्रिया
Comment *

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×