बलिउड अभिनेत्री दीपिका पादुकोण ‘टाइम१०० इम्प्याक्ट अवार्ड’बाट सम्मानित

काठमाडौँ - चर्चित बलिउड अभिनेत्री दीपिका पादुकोण ‘टाइम१०० इम्प्याक्ट अवार्ड’बाट सम्मानित भएकी छिन्। उनले मानसिक स्वास्थ्य सम्बन्धि काम गरे वापत उनलाई यस अवर्डबाट सम्मानित गरिएको हो। दुबईको म्युजियम अफ द फ्युचरमा आयोजित कार्यक्रममा सहभागीता जनाउन अभिनेत्री दीपिका आफ्ना श्रीमान् चर्चित नायक रणवीर सिंहसँग त्यहाँ पुगेकी थिइन्। 

टाइम विश्व प्रसिद्ध समाचार पत्रिका र वेबसाइटहो जसमा चित्रित हुनु ठूलै उपलब्धिको रुपमा लिइन्छ। यसले हरेक वर्ष ‘टाइम द पर्सन अफ द इयर’, ‘टाइम १००ः द मोस्ट इन्फ्लुएंसियल पिपल’ लगायतका अवार्डहरू प्रदान गर्ने गरेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×