निखिल उप्रेतीले गरे जेठी श्रीमतीसँग सम्बन्धबिच्छेद

काठमाडौँ। नेपाली चलचित्रका अभिनेता निखिल उप्रेतीले आफ्नी जेठी श्रीमती कोपिला उप्रेतीसँग आधिकारिक रूपमा सम्बन्धबिच्छेद गरेका छन्। उनले अभिनेत्री सञ्चिता लुइँटेलसँग दोस्रो विवाह गरेका थिए। त्यसपछी उनी जेठी श्रीमतीबाट छुट्टिएर बसीरहेका थिए। गत भदौ १ गते भक्तपुर जिल्ला अदालतमा सम्बन्धबिच्छेदको निवेदन दिएको भोलीपल्टै अदालतले दुवै पक्षको मञ्जुरीमा सम्बन्ध विक्षेद गराएको थियो। जिल्ला न्यायाधीश उमेश कोइरालाले हस्ताक्षर गरेको आदेशमा , ‘यसमा दुवै पक्षले मिलापत्र गरी पाउँ भनी दिएको संयुक्त दरखास्त र सोही दरखास्त बमोजिम लेखिएको मिलापत्रको कागजी व्यहोरा समेत दुवै पक्षलाई बाची सुनाइ सोको मतलब र परिणाम समेत सम्झाउँदा बुझाउँदा समेत लेखिए बमोजिम सुनाइ सोको मतलब सम्बन्ध विच्छेद हुने गरी मुद्दा मिलापत्र गर्न दुवै पक्ष मञ्जुर भई दुवै पक्षले सहिछाप समेत गरेकोले प्रस्तुत मुद्दा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र प्रमाणित गरिएको छ' भनिएको छ। खबरका अनुसार कागजमा सम्बन्धबिच्छेदको कारण भने खुलाइएको छैन। अभिनेता  निखिलले कोपिलालाई भक्तपुरमा रहेको घर,५० लाख नगद र छोराको पालन-पोषणका लागि मासिक ५० हजार दिनुपर्ने सर्तमा सहमति भएको छ। सञ्चिताबाट निखिलको एक छोरा र एक छोरी छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×