आइतबारदेखि स्थानीय तह निर्वाचनको तयारीबारे आयोग नियमित जानकारी दिने

काठमाडौँ- निर्वाचन आयोगले आइतबारदेखि स्थानीय तह निर्वाचनको तयारीबारे नियमित जानकारी दिने भएको छ। यसका लागि आयोगले मिडिया सेन्टर स्थापना गरेको छ। त्यसमार्फत हरेक अपराह्न ४ बजे पत्रकार सम्मेलन गरेर चुनावसम्बन्धी गतिविधिबारे दैनिक ब्रिफिङ गर्ने भएको हो।

आयोगका उपसचिव कमल ज्ञवालीले सूचना जारी गरी आइतबारदेखि हरेक दिन अपराह्न ४ बजे मिडिया सेन्टरमा प्रवक्ता तथा सहायक प्रवक्ताको उपस्थितिमा पत्रकार सम्मेलन हुने जनाएका छन्। स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते हुँदै छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×