टिकट बिक्रीमा कान्तराको रेकर्ड

काठमाडौँ - ऋषभ शेट्टीको फिल्म ‘कान्तरा’ले बक्सअफिसमा धमाला मच्चाइरहेको छ। फिल्मले २७६ दशमलब ५६ करोडको कलेक्सन गरिरहँदा टिकट बिक्रीमा पनि नयाँ रेकर्ड कायम गरेको छ।

पौराणिक कथामा आधारित यो कन्नड फिल्मले कर्नाटकमा १ करोड टिकट बिक्रीको रेकर्ड राखेको हो। १६ करोड रुपैंयाँमा बनेको यो फिल्मले एक्लै कन्नड भर्सनमा ४१ दिनमा १५१ दशमलब ८० करोड रुपैंयाँको कमाई गरेको छ। फिल्मको विश्वव्यापी कमाई ३५३ करोड रुपैंयाँ बढी छ।

फिल्ममा ऋषभकै लेखन र प्रमुख भूमिकामा अभिनय रहेको छ। ३० सेप्टेम्बरमा कन्नड भाषामा रिलिज भएको यो फिल्म १४ अक्टोबरमा हिन्दी, तमिल, तेलुगु र मलयालम भाषामा रिलिज भएको थियो। सबै भाषामा ४१ दिनमा फिल्मले देशमा २ ७६ दशमलब ५६ करोड रुपैयाँ नेट कलेक्सन गरेको छ। जबकि यसको ग्रस कमाई करिब ३२५ करोड रुपैंयाँ रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×