काठमाडौँ। आउँदै गरेको रंगहरुको महान चाड 'होली'को उपलक्ष्यमा नयाँ मैथिली गीत सार्वजनिक गरिएको छ। 'प्रेमक पिचकारी' बोलको उक्त गीतमा नितिन गजुरेल र ज्योती विश्वकर्माको आवाज रहेको छ। गीतमा विद्यानन्द बेदर्दीको शब्द, नितिन गजुरेलको कम्पोज र भुपेन्द्र रायमाझीको संयोजन रहेको छ।
गीतको भिडियोमा सुधिर श्रेष्ठ र अन्जली अधिकारीको अभिनय रहेको छ। कमल राईको निर्देशनमा तयार भएको गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: