भारत। बलिउड अभिनेता सुनील शेट्टीका छोरा अहानको पहिलो चलचित्र ‘तडप’ ओटीटी प्याल्टफर्ममा आउने भएको छ। चलचित्र २८ जनवरीबाट डिज्नी प्लस हटस्टारमा हेर्न सकिनेछ।
चलचित्र ३ डिसेम्बरबाट सिनेमाघरमा लागेको थियो। आफ्नो प्रदर्शनको समयमा चलचित्रले मध्यम व्यापार गरेको थियो। चलचित्रमा अहानको अभिनयको निकै प्रशंसा गरिएको थियो।
चलचित्र डिज्नी प्लस स्टारमा आउन लागेको जानकारी निर्देशक मिन लुभियाले ट्विटरमार्फत दिएका हुन्।
चलचित्र ‘तडप’ दक्षिण भारतीय चलचित्र ‘आरएक्स १००’ को आधिकारिक रिमेक हो। चलचित्रमा अहान शेट्टीका साथै तारा सुतारिया मुख्य भूमिका रहेकी छिन्। चलचित्र फक्स स्टार स्टुडियोको प्रस्तुतिमा बनेको हो।