१५ लाख मोडर्ना खोप आज नेपाल आउदै, १८ वर्ष मुनिका बालबालिकालाई लगाइने

काठमाडौं । कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त कोरोनाविरुद्धको करिब १५ लाख मोडर्ना खोप आज (बिहीबार) नेपाल आइपुग्ने भएको छ ।

विहीवार १४ लाख ९७ हजार छ सय डोज मोडर्ना खोप आउन लागेको स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत डा बडेबाबु थापाले जानकारी दिए ।

यसअघि गत शुक्रबार एक लाख ८८ हजार चार सय डोज मोडर्ना खोप नेपाल ल्याइएको थियो ।

विहीवार आइपुग्ने मोडर्ना खोप १८ वर्ष मुनिका बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, बुधबार छ लाख डोज कोभिशिल्ड खोप नेपाल आइपुगेको छ ।

खोप अभियान सुरु भएदेखि हालसम्म नेपालमा कुल एक करोड ९२ लाख ८५ हजार १९७ मात्रा खोप लगाइएको छ । जसमध्ये एक करोड पाँच लाख चार हजार ७६४ जनाले पहिलो मात्रा र ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×