बिहीबार सातै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना 

काठमाडौं । बिहीबार सातै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात समेत हुनेछ ।

हाल देशमा पश्चिमी वायु तथा उत्तर बंग्लादेश तथा यसको आसपासमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, बिहीवार राती सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशहरुको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×