टी-२० विश्वकपः स्कटल्यान्डसँग वेस्टइन्डिज स्तब्ध

काठमाडौँ - टी-२० विश्वकप क्रिकेटमा नेपालभन्दा एक स्थान अघि (१५ औँ वरियता) रहेको एसोसिएटेड देश स्कटल्यान्डले सनसनीपूर्ण प्रदर्शन गरेको छ।

अस्ट्रेलियाको होवर्टमा भएको समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा स्कटल्यान्डले वेस्टइन्डिजलाई ४२ रनको फराकिलो अन्तरले हराउँदै प्रतियोगितामा सुःखद् सुरुवात गरेको हो। सोमबार टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यन्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो। जवाफमा वेस्टइन्डिज १ सय १८ रनमा समेटिन पुग्यो।

टी-२० वरियतामा सातौं नम्बरमा रहेको वेस्टइन्डिज स्कटिस बलरसामु निरीह रह्यो। उसका लागि ज्यासन होल्डरले ३८ रन बनाउनु सर्वाधिक रनका रुपमा रह्यो। थप दोहोरो स्कोरका रुपमा ओपनर केल मयर्सले २० रन बनाउँदा ब्रेन्डन किंग्सले १७ तथा एभिन लुविसले १४ रन बनाएका थिए।

स्कटल्यान्डका लागि मार्क वाटले ३ विकेट लिँदा ब्राड ह्वेल र माइकल लेअक्सले समान २/२ विकेट लिएका थिए। त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले जर्ज मुन्सेको ६६ रनको अर्धशतकीय इनिङमा १ सय ६० रनको स्कोर तयार गरेको थियो।

त्यस्तै माइकल जोनेसले २० रन बनाउँदा कलुम म्याकलियोडले २३ तथा कप्तान रिचि बेरिङटनले १६ रन बनाएका थिए। वेस्टइन्डिजका अलजारी जोसेप र ज्यासन होल्डरले समान २/२ विकेट लिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×