अध्यक्ष तिमिल्सिना र अध्यक्ष लीबीच भेटवार्ता

काठमाडौँ - राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नेपाली संसदीय प्रतिनिधि मण्डल र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु नेतृत्वको संसदीय प्रतिनिधि मण्डलबीच मंगलबार छलफल भएको छ। 

नयाँ वानेश्वस्थित संघीय संसद् भवनमा अध्यक्ष तिमिल्सिना नेतृत्वको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, सचेतक तथा सांसदहरूसँग चान्सु नेतृत्वको प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको हो।

चार दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका लीले आज नै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नेछन्। उनले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि बुधबार बिहान संसद् भवनमा बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ।

सोमबार अपरान्ह ली र नेपालको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच ६ बुँदे सम्झौता भएको थियो। संघीय संसद भवन नयाँ बानेश्वरको तिलिचो हलमा भएको उनीहरुबीचको शिष्टाचार भेटमा सम्झौता भएको थियो। सोमबार नै सापकोटाले लीको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×