काठमाडौँ - नोरा फतेही ग्लोबल आइकन हुन्। नोरा आफ्नो डान्स मूभ्सका लागि विश्व भर परिचित छिन्। नोराले अब फिफा विश्वकपमा परफर्म गर्ने भएकी छिन्।
उनले डिसेम्बरमा हुने फिफा विश्वकपमा आफ्नो नृत्य प्रस्तुत गर्नेछिन्। योसँगै उनी विश्व रंगमञ्चमा भारत र विशेष गरी दक्षिण पूर्व एसियाको प्रतिनिधित्व गर्ने एक्लो अभिनेत्री बनेकी छिन्।
नोराले फिफाको उद्घाटन र समापन समारोहमा परफर्म गर्नेछिन्। यसका लागि उनले सम्झौता पनि गरिसकेकी छन्। मिडिया रिपोर्टका अनुसार नोराले समापन समारोहमा एक लोकप्रिय हिन्दी गीतमा नाच्ने छिन्।
नोरा हाल टिभी शो झलक दिखला जाको जजको रूपमा काम गरिरहेकी छिन्। यस बाहेक नोराले सिद्धार्थ र अजय देवगनको फिल्म थ्यांक गडमा पनि डान्स गरेकी छिन्।